मंसिर ५, दाङ। दाङको मालपोत कार्यालय तुलसीपुरका दुई जना कर्मचारी घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् ।
कार्यालयको तामेली फाँटमा कार्यरत नासु पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे सेवाग्राहीसँग नगद तीन लाख २० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा शुक्रबार रङ्गे हात पक्राउ परेका हुन ।
जग्गा नाप, जाँच गरी मोठ कायम गरिदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले घुस रकम लिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जानकारी दिएको हो । उनीहरूमाथि थप अनुसन्धान गर्न अख्तियार आयाेगकाे कार्यालय विरगञ्ज लागिएको छ।