मंसिर ५, भक्तपुर। चागुँनारायण नगरपालिकाको आर्थिक सहयोग र आयोजनमा कोरोना भाइरस विरूद्ध जनचेतना अभिवृद्धिका लागि आरम्भ कलाकारहरुको समुह नामक नाट्य सस्थाको प्रस्तूती “सडक नाटक कहर”आज बाट सुरु भएको छ। यो नाटक आज मंसिर ५ गतेदेखि ९ गते सम्म नगरपालिकाका सबै वडाहरूमा हुने छ।
कोरोना महामारीको रोकथामका लागी नगरपालिकाले नगरबासिमा चेतना जगाउन सो नाटक मन्चको आयोजना गरेको हो ।
एक घण्टा लामो नाटकमा ब्यक्तिगत सरसफाई तथा कोरोना रोग र रोकथाम बारे समसामयिक रुपमा उठान गरेको छ ।
नाटकलाई आरम्भ कलाकारहरुको समुह का अध्यक्ष प्रभाकर न्यौपानेले गरेका छन् ।नाटकमा चर्चित रंगकर्मी कलाकरहरु राजेंद्र गद्तौला,प्रल्हाद खरेल,राधा श्रेस्ठ,बिश्वदिप घिमिरे,राजन भुजेल,सरस्वति अधिकरी र मन्जु अधिकरी आदिको अभिनय रहेको छ भने संगीत संयोजन सुरेस चन्द्र न्यौपानेको रहेको छ।