अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलमा भएको रकेट आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ ।
अमेरिका र तालिवानबीच वार्ता हुनुभन्दा केही घण्टा पहिले भएको आक्रमणमा परि ३० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले कतारको दोहामा तालिवानी वार्ता टोलीसँग भेट्नुअघि काबुलमा आक्रमण भएकोले शान्ति वार्तामाथि शंका उत्पन्न भएको छ ।
गएको हप्ता अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले सन् २०२१ को मध्यसम्ममा अफगानिस्तानबाट दुई हजार अमेरिकी सेना फिर्ता लैजाने घोषणा गरेको थियो ।
यस आक्रमणमा तालिबानले आफ्नाे सहभागिता नभएकाे बताएपछि एक अन्य क्षेत्रीय इस्लामिक गुटमाथि आशंका गरिएकाे छ ।