• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं भिडियो भाईरस संगीतकार कोरोना गीत बसन्त
Advertisement

राजश्व वृद्धिका लागि करको दायरा र चुहावट नियन्त्रण गर्न जरुरी : अर्थमन्त्री पौडेल

  •  संवाददाता
  • ८ मंसिर २०७७, सोमबार ०९:११ प्रकाशित
    Advertisement

    मंसिर ८, काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समग्र राजस्वको संरचनामा आन्तरिक राजस्वको अंशमा अभिवृद्धि गर्न करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताएका छन्।

    नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताएका हुन्। उनले कर परीक्षण कर, अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरुजु फछर्यौट जस्ता  परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न निर्देशन दिए।

    अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत , सेवाग्राहीमैत्री व्यवहार, प्रकृयागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिए। यस्तै करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा र पहुँच बिस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजस्व विभाग र मातहतका सबै राजस्व कार्यालयलाई निर्देशन दिए।

    उनले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यवसायिक सम्बन्ध र आपसी विश्वास मजबुद भएमा मात्र राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने र यसका लागि कर दिवस सहयोगी रहने धारणा व्यक्त गरे। अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्नका लागि अभिप्रेरित गर्न कर्मचारीहरुलाई शासकका रुपमा होइन, नागरिकको सेवकका रुपमा काम गर्न निर्देशन दिए।

    विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञा लगायतका आवगमनका अवरोधबाट अर्थतन्त्रमा आएको संकुचनको बावजुद आर्थिक वर्ष २०७६र७७ को राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व संकलन हुने गरी कर सहभागिता जनाउनु हुने सबै करदातालाई धन्यवाद ज्ञापन गरे।

    उनले कोभिड महामारीको विषम परिस्थितिमा समेत आ-आफ्नो कार्यथलोमा अनवरत खटिएर कर्तव्य पालन गर्ने कर प्रशासन सम्वद्ध कर्मचारीलाई धन्यवाद दिए।

    अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बाँकी अवधिमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा योगदान गर्न विगतमा झैं निरन्तरको सहकार्य र सहयोगका लागि सम्पूर्ण करदातालाई अपिल गरे। यस्तै कर प्रशासनमा सुशासन, सदाचार र भ्रष्टाचार प्रतिको सून्य सहनशीलताको नीतिलाई पालन गर्न निर्देशन दिए।

    आन्तरिक राजस्व विभागको चालु आर्थिक वर्षका लागि तय गरेको कार्यमूलक सूचकमा तोकिएको लक्ष्य हासिल गर्न र आर्थिक ऐन २०७७ मार्फत ल्याइएका विभिन्न योजना तथा सुधारका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा योगदान गर्नु हुने विश्वास पनि व्यक्त गरे।

    अर्थमन्त्री पौडेलले कर दिवसले कर प्रशासनको आवश्यक ज्ञान र दक्षता अभिबृद्धि गर्नुको साथै कर प्रशासनलाई निष्पक्ष सेवाग्राहीमैत्री भावनाको विकास गर्न उत्प्रेरित गराउन र सुशासनयुक्त तथा पारदर्शी बनाउन सहयोग पुर्याएको बताए।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिरा लामा जिकज्याकको दोस्रो प्रस्तुति रहेको गीत लबा खला झरी तला भिडियो सार्वजनिक:
    रुप कुमार दोङ र सिर्जना स्याङतनको सेम ह्योङ ह्योङ सार्वजनिक
    पेप्सिकोलाको नागरिक समाजले युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई बधाई तथा शुभकामना दिए:
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. हिरा लामा जिकज्याकको दोस्रो प्रस्तुति रहेको गीत लबा खला झरी तला भिडियो सार्वजनिक:

    • २. रुप कुमार दोङ र सिर्जना स्याङतनको सेम ह्योङ ह्योङ सार्वजनिक

    • ३. पेप्सिकोलाको नागरिक समाजले युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई बधाई तथा शुभकामना दिए:

    • ४. नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङले पदवहाली गरे:

    • ५. क्षमतावान हुदाँहुँदै माथि उठ्न नदिइएका दावा लामा मन्त्री बनेरै छाडे:

    चर्चित

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.