मंसिर ९, जनकपुर। महोत्तरीको बर्दिबासकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको भन्दै स्थानीयले आरोपीको घरमा आगो लगाएका छन् ।
बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको हत्या भएको अवस्थामा सोमबार राति बोरामा शव फेला परेको थियो। बालिका हत्या आरोपमा पक्राउ परेका स्थानीय २५ वर्षीय अरुण कुमार साहको घरमा मंगलबार बिहान स्थानीयले आगो लगाएका हुन्।
बालिकाको बलात्कारपछि हत्या गरी शव बोरामा फालिएको अवस्थामा bhetiypachi स्थानीयले आरोपित युवकको घरमा ढुंगामुढा गर्नुको साथै किराना पसल भएको घरमा आगो लगाएका हुन्। अहिले पनि स्थानीयले ढुंगामुढा गर्दै बर्दिबासमा प्रदर्शन गरिरहेका छन्। स्थिति नियन्त्रमा लिन प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको छ।
आइतबार साँझदेखि हराइरहेकी बालिका गुलाबलाई साहले बलात्कार पश्चात हत्या गरी बोरामा राखेर फालेको स्थानीय र प्रहरीको अनुमान छ। पक्राउ परेका साहले समेत आफुले बालिकाको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
बालिकाको शव फेला परेपछि मंगलबार बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर बर्दिबासमा स्थानीयल प्रदर्शन गरिरहेका