मंसिर ९, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान कप्तान पारस खड्का ‘आईसीसी पुरुष एसोसियट प्लेयर अफ दी डिकेड’ अवार्डका लागि मनोनयनमा परेका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीको सफलतामा महत्वपूर्ण योगदान पुर्याएका पारस आईसीसी अवार्डका लागि मनोनित भएका हुन् । पूर्वकप्तान पारससँगै यस अवार्डका लागि स्कटल्याण्डका ३, पपुवा न्युगिनिका एक र नेदरल्याण्डका एक जना गरी ६ खेलाडी मनोयनमा परेका छन् ।
अवार्डका लागि मनोनयनमा भोटको आधारमा विजेता घोषणा गरिने यस अवार्डका लागि पारसलाई भोट गर्न आइसिसीको साइतमा गएर भोट गर्न सकिन्छ।