सिङ्ग मोक्तानको शब्दमा युनिक र जितुको म्हाला आङा बजारमा आउँदै:
संचारकर्मी सिङ्ग मोक्तानको पहिलो शब्दमा रहेको तामाङ दोहोरी गीत बजारमा आउँने भएको छ।यस गीत सुपर सेलो च्यानलमार्फत शुक्रबार ठीक ३ बजे बजारमा आउँन लागेको हो।गायक युनिक दोङको प्रस्तुति रहेको यस गीतमा युनिक दोङ र गायिका जितु लोप्चनले स्वर भरेका छन।
साथै यस गीतको संगीत विशाल काल्तनले भरेका छन।जोगलाल लामाको ऐरेन्ज रहेको यस गीतको मिक्सिङ दिपेश प्रधानले गरेका हुन।उक्त गीत सगु सरगम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो।गीतको भिडियो पनि चाडैँ बजारमा ल्याउँने तयारी रहेको निर्माण पक्षले बताईएको छ।