२०१९ का मिस मेघा विजेता सुस्मिता ब्लोन तामाङको जीवन रक्षाका निम्ति निरन्तर लागिरहनु भएका छन् समाज सेवी सफल घलान । उनले दुवै मृगौला प्रत्यारोपण गर्नुपर्ने स्थितिमा रहेकी १८ वर्षीया सुस्मिताको लागि एक अभिभावकत्वको जिम्मेवारी निर्वाह गरिरहनु भएका छन् ।
‘ नाताले सुस्मिता मेरो कोही पर्दैन तर मानवताको नाताले सुस्मिता ब्लनकोलाई सहयोग जुटाउने कोसिस गर्दैछु। पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएकै कारण सुस्मिताको उपचारका लागि नेपालीहरु नै अगाडि सर्नु पर्ने बताउँछन् समाजसेवी घलान । ‘
सुस्मिताको स्वास्थ्य अवस्था पहिले भन्दा केही राम्रो भएतापनि पुरै ठीक नभइसकेको र मृगौला फेर्न थप रकमको आवश्यक पर्ने बताउँछन् उनी।
बहिनीको लागि आएको सहयोग रकम करिब ६ लाख रुपैयाँ बाकी रहेको छ। कोरोना अस्पतालहरूले बिरामी नलिँदा आएको सहयोग सही तरिकाले उपयोग गर्न नसकेको चितवन काठमाडौँ र काठमाडौं चितवन गर्दा गर्दा केही रकम तलमाथि भएको छ। तर टिचिङ्ग अस्पतालका डाक्टरहरुले उपचारमा करिब १२ लाख लाग्ने बताउनु भएको हुँदा थप सहयोगको आवश्यकता परेको बताउनु हुन्छ घलान ।
देशमा ठुलठुला कलाकारहरु छन् तर कोही पनि सहयोगका लागि अघि नसरेको देख्दा निरास भएका छन् उनी। चितवनको छोरीलाई सिन्धुलीको मान्छेले हेरिरहँदा पनि चितवन नगरपालिका र चितवनबासीले कुनै किसिमको सहयोग नगरेको बताउनु हुन्छ उनी।
त्यसैले अब हामी नेपालीहरु मिलेर बहिनीलाई नयाँ जीवन दिनुपर्ने कुरा स्मरण गराउनुभयो।
सहयोगका लागि सम्पर्क : ९८६००८९५१९, ९८१८०४१०२९
rastriya banijya bank A/C 1120100025374010 / account holder name ( Sher man ghalan)