बिगत लामो समय देखि कतारमा हत्याको आरोप खेपी रहेका सिन्धुली कपिलाकोट गाबिस मरिन गाउ पालिका निवासी कमल थिङ उद्धारको मुख्य अभियान्ता वैदेशिक रोजगार उद्धार नेपालले ,अभियान्ता शरिन ख्युङ्वा तामाङलाई साहाकार्य गर्नको लागि अनुरोध गरिएको छ ।
कमल बचाउ अभियान बारे बिगत लामो समय देखि अभियान सुचारु गरेता पनि कमल थिङको उद्धार भने हुन नस्क्दा धेरैको चासोको विषय बनी सकेको छ
अभियानकै क्रममा विभिन्न देशबाट वैदेशिक रोजगार उद्धार नेपालको भनाइ अनुसार मृतकका परिवारले १० लाख माग भएको भन्ने खबर थियोे जस अनुसार प्रवासमा रहेका विभिन्न सस्थाहरु बाट वैदेशिक उद्धार नेपालको अभियानमा साथ दिदै ताम्सालिङ टिभीको पहलमा नेपाल प्रवासी तामाङ समाज कतार ,नेपाल तामाङ घेदुङ कार्यसमिति कतार ,शेर्पा केदुग कतार लगायत अन्य देशहरु बाट पछिल्लो समय लगभग 10 लाख भन्दा माथी रकम संकलन गरिएको थियो ।
तर कोभिट १९ को कारण कमल बचाउ अभियानमा काम गर्न समस्या परेको हुनाले अभियानको काम रोकिएको थियो, तर केही समय पश्चात् कोभिट १९ सहज भएता पनि कमल थिङ बारे खास्सै चासो नदेखिएको हुँदा र अभियानलाई तीव्रता दिनकै लागि 29/11/2020 / / १३ / मंसिर /२०७७ को दिन वैदेशिक रोजगार उद्धार नेपाल र ताम्सालिङ टिभीको लामो छलफल पश्चात बिगत लामो समय देखि सक्रिय रुपमा देश र समुदायको लागि दिन रात भोग निन्द्रा नभनी अभियानमा उल्लेखनीय योगदान समाजमा दिदै आइरहेकी अभियान्ता शरिन ख्युङ्वा तामाङलाइ कमल थिङको सम्पुर्ण उद्धार कार्यमा साहाकार्य गर्ने भएको छ ।
त्यसै गरि यो अभियानमा सबै जिम्मेवारी शरीन ख्युङ्वा तामाङको मातहतमा रहेक हुनाले जो जतिले कमल थिङ बारे अभियानमा साथ र सहयोग गर्न चाहाने जति हुनु हुन्छ शरीन ख्युङ्वा तामाङको मातहतमै रहेर अभियानमा साथ दिनु पर्ने पनि जानकारी गराउनु भएको छ ।
यदि कुनै पनि ब्यक्ति कमल बचाउमा जोडिनु चाहाने वा जोडि सक्नु भएका सम्पुर्ण अभियान कर्ताहरुलाइ काम गर्नु पुर्व जानकारी गराइ सल्लाह अनुसार मात्रै अभियानमा साथ दिन अनुरोध समेत गर्नु भएको छ ।
। प्रवास बाट सहयोगी सस्थाहरुको नाम
तामाङ समाज कतार
तामाङ बौद्ध महासंघ साइप्रस
शेर्पा केदुक दोहा कतार
तामाङ घेदुङ कुवेत
तामाङ घेदुङ साइप्रस
तामाङ घेदुङ इजरायल
तामाङ घेदुङ मलेसिया
तामाङ घेदुङ कतार
MNO.DGG कतार
ब्यक्तिगत
नेत्र घिसिङ तामाङ मकाउ