तामाङ म्हेन्दोमाया गित सङ्गितमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका शान्ति मम्बाकाे नयाँ साङ्गितक काेसेली “लाहुरे कान्छा” बोलको गितको अडियो शनिबार सार्वजनिक भएको छ ।
सानै देखि गितसङ्गित भनेसी हुरुक्कै हुने शान्ती मम्बा तारकेश्वर गाउँपालिका नुवाकोटमा जन्मिनु भई हाल काठमाडौलाई कर्मथलाे बनाउदै आउनु भएको छ । गायिका मम्बाको सांगीतिक क्षेत्र अलबा व्यापार व्यावसाय र सामाजिक सेवामा समेत अग्रसर रहनु भएको छ । शान्ति गत २० गते भएको राष्ट्रिय संगीतकर्मी संघ नुवाकोटकाे दाेस्राे अधिवेशन बाट सह-सचिवमा पनि निर्वाचित हुनुभएको छ ।
सार्बजनिक गितमा एमाआरसी शुसान्त तामाङको शब्द, डिका गुरुङको सङ्गीत, एरेन्ज तथा मिक्सिङ रहेको गितमा शान्ति मम्बा र बिकाश लामाकाे आवाज रहेको छ । “लाहुरे कान्छा” गित काठमाडौ डिजिटल रेकर्डिङ स्टुडियोमा अडियो तयार गरि ताम्सालिङ अफिसियल युट्युब च्यानल मार्फत शनिबार सार्वजनिक गरिएको हो ।
अडियो गीत सुन्नको लागि तल लिन्कमा क्लिक गर्नु होला