• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं भिडियो भाईरस संगीतकार कोरोना गीत बसन्त
Advertisement

क्षमतावान हुदाँहुँदै माथि उठ्न नदिइएका दावा लामा मन्त्री बनेरै छाडे:

  •  संवाददाता
  • ११ पुष २०७७, शनिबार २१:४२ प्रकाशित
    Advertisement

    दावा तामाङ युवा तथा खेलकुद मन्त्री बनेको समाचार आउँदा आम मान्छेले को हुन् दावा ? भन्ने प्रश्न गरे । राष्ट्रिय राजनीतिमा खासै नचिनिएका दावा एकाएक मन्त्री बन्दा धेरैले सोधखोज गर्नु स्वाभाविक हो । तर दावाले १३ वर्षअघि नै राष्ट्रिय राजनीतिका एक चर्चित हस्तीलाई पराजित गरेर चर्चा कमाएका थिए ।

    ३०औँ वर्ष सिन्धुपाल्चोकमा एकछत्र राजनीति गर्दे आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका तत्कालीन अध्यक्ष पशुपतिशमशेर जबरालाई सिन्धुपाल्चोकमा पहिलो पटक चुनावी मैदानमा पछार्दै गर्दा तत्कालीन माओवादी नेता दावा तामाङ देशव्यापी चर्चामा थिए ।

    २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तामाङले राणालाई हराएका थिए । राणा ३० वर्षपछि सिन्धुपाल्चोकमा पराजित मात्रै भएनन् उनी त्यतिबेलाको निर्वाचनमा तेस्रो पोजिसनमा खुम्चिनु पर्‍यो र त्यसयताका निर्वाचनमा राणाले सिन्धुपाल्चोकमा चुनाव जित्न सकेका छैनन् ।

    साविकको इर्खुका तामाङ विद्यार्थी राजनीतिबाट अघि बढेका थिए । परिवार नै सुरुदेखि नै राजनीतिक पृष्ठभूमिको भएकाले तामाङलाई राजनीतिक रुपमा अघि बढ्न कुनै समस्या भएन ।

    काका र ठुलोबुबा गाउँ फर्क अभियानका सदस्य रहेकाले पनि तामाङले राजनीति सानैदेखि नै बुझेका थिए । आर्थिक अवस्था न्यून भएपछि उनको बुबा रोजगारीका लागि भारत गएका थिए । पछि बुबा इण्डियन लाहुरे भएर आएपछि आफूहरुलाई आर्थिक रुपमा केही सजिलो भएको तामाङले बताए ।

    दुई पटक विद्यार्थी संगठनको जिल्ला अध्यक्ष भएका तामाङ तत्कालीन माओवादीले सिन्धुपाल्चोकको कुभिण्डेमा एक जना प्रहरीको हत्या गरेपछि उनलाई पनि प्रहरीले मुद्दा लगाएको थियो । युद्धको सुरुमा नै भूमिगत भएका तामाङले पार्टी भित्र शालीन, भद्र र अनुशासित नेताको पहिचान बनाएका छन् ।

    माओवादी युद्धको क्रममा जिल्ला पार्टी सचिव समेत भएका तामाङ माओवादीले त्यतिबेला गठन गरेको जनसरकारको सिन्धुपाल्चोक– दोलखाको प्रमुख समेत भएका थिए ।

    २०५५ सालमा नै जिल्ला सचिव भएका तामाङ २०५८ मा माओवादीको सिन्धुपाल्चोक इञ्चार्ज भएका थिए । माओवादीले भूमिगतकालमा नै गठन गरेको ताम्सालिङ प्रदेश सरकारको सभामुख र कार्यवाहक सरकार प्रमुख समेत भएका तामाङ युद्धका क्रममा धेरै मोर्चामा ‘वालवाल’ बँचेका थिए ।

    ०००

    युद्धको क्रममा नै वर्तमान सभामुख अग्नि सापकोटा इतरका तामाङ तत्कालीन माओवादीका नेता मोहन वैद्यसँग निकट थिए । उनकै शब्दमा पटक पटक सापकोटाहरुको पेलानमा परेका तामाङलाई २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर ३ को उम्मेदवार बनाएको थियो ।

    तामाङ क्षेत्र नम्बर २ मा नै उम्मेदवार हुन खोजे पनि क्षेत्र नम्बर २ मा अग्नि सापकोटा उम्मेदवार भएपछि उनकै शब्दमा ‘मन नलाग्दा नलाग्दै’ पनि क्षेत्र नम्बर ३ मा गएर चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए ।

    चुनाव अघि नै लडेर घाइते भएका तामाङ चुनावी प्रचारको क्रममा समेत घोडाको प्रयोग गरेर गाउँ बस्ती हिंड्दा उनलाई त्यतिबेला विपक्षीहरुले पशुपतिशमशेर जबराको अर्काे रुप भनेर धेरै उडाएका पनि थिए ।

    तत्कालीन एमालेबाट शेरबहादुर तामाङ उम्मेदवार थिए । दावासँग तामाङले एक सय मतअन्तरले मात्रै चुनाव जितेका थिए । दावाले जित्दै गर्दा पनि एमालेका उम्मेदवार तामाङले जसले जिते पनि यो पटक ‘सामन्तवाद’को अवशेषका रुपमा रहेका राणालाई हराउँदा आफू खुसी भएको प्रतिक्रिया दिएका थिए ।

    ०००

    माओवादी विभाजन भएपछि वैद्य समूहमा लागेका तामाङ पछि रामबहादुर थापा सहितका नेताहरु पुन प्रचण्ड नेतृत्वको माओवादीमा फर्केर एकीकरण भएपछि तामाङसहितको सिन्धुपाल्चोकका तत्कालीन माओवादीको एउटा समूह थापासँग निकट थिए ।

    २०६४ मा पशुपतिशम्शेर राणालाई हराएर पार्टीभित्र प्रशंसा कमाएका तामाङलाई २०७० को चुनावमा भने उम्मेदवार नबनाएपछि उनी नेतृत्वसँग त्यतिबेलादेखि नै चिढिएका थिए । विशेषत सिन्धुपाल्चोकमा सापकोटा परिवारसँग टसल गर्दे आएका तामाङलाई २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रतिनिधि सभा २ ‘ख’को उम्मेदवार भएका थिए ।

    प्रदेश सभा निर्वाचनमा दुई पार्टी मिल्दा समेत उनी कांग्रेसका निमा लामासँग पराजित भएका थिए । आफूलाई त्यतिबेला अन्तर्घात गराएर नेतृत्वले नै हराएको आरोप तामाङले लगाउँदै आएका थिए । तत्कालीन एमाओवादीका जिल्ला अध्यक्ष रहेका तामाङ दुई पार्टी एकीकरण भएपछि केन्द्रीय सदस्य भएका थिए भने नेकपा सिन्धुपाल्चोकका सचिव समेत रहँदै आएका छन् ।

    ०००

    तामाङले युद्धकालमा नै मकवानपुरकी माओवादी नेतृ कुमारी मोक्तानसँग जनवादी विवाह गरेका थिए । तामाङ पनि पहिलो संविधानसभामा समानुपातिकबाट संविधानसभा सदस्य भएकी थिइन् भने अहिले वागमती प्रदेशको सदस्य रहेकी छन् ।

    नेकपा औपचारिक रुपमा विभाजन भएपछि केन्द्रीय सदस्य भए पनि कतै नखुलेका तामाङले रामबहादुर थापा जता लाग्छन् त्यतै लाग्ने बताउँदै आएका थिए । थापा केही दिन अघि मात्रै केपी ओलीको नेकपामा लागेपछि तामाङ पनि थापाकै पक्षमा लागेका थिए । शुक्रबार बिहान मात्रै गृहमन्त्री समेत रहेका थापासँग सिन्धुपाल्चोकका नेकपाका नेताहरुसहित भेटघाट गरेका तामाङलाई त्यही दिन नै मन्त्री बनाइएको थियो ।

    २०७४ सालको निर्वाचनमा नेकपाले राजनीति परिवर्तन पछि जनताको आर्थिक परिवर्तन र राजनीतिक स्थायित्वको मुद्दा लिएर जनतामा जाँदा दुई तिहाइको बहुमत आएको हो । तर अहिले नेकपाका नेताहरुले जनअपेक्षा भन्दा पनि कुर्सी मोहमा लागेर नेकपा विभाजन गरेपछि आफूहरु पुनः जनताकै पक्षमा जान लागेको तामाङको भनाइ छ ।

    अहिलेको सरकार छिटोभन्दा छिटो निर्वाचन गराउने रहेको उनले बताए ।

    ०००

    राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीलाई छिटोभन्दा छिटो राजधानी ल्याउने विषयमा आफू पहिलादेखि नै लागेको र अहिले आफू विभागीय मन्त्री नभए पनि जिल्लावासी र आफ्नै क्षेत्रको आयोजना भएकाले विभागीय मन्त्रीसँग छलफल गरेर मेलम्चीको पानी छिटोभन्दा छिटो राजधानी ल्याउनका लागि आफू लाग्ने मन्त्री तामाङले बताए ।

    अन्य जिल्लाको तुलनामा सिन्धुपाल्चोकमा प्रचण्ड–माधव पक्ष नै बलियो रहेको छ । तत्कालीन एमालेमा ओली पक्ष कमजोर थियो भने अहिले पनि केपी ओलीले नेतृत्व गरेको नेकपामा तत्कालीन एमालेको ओली पक्षका नेता कार्यकर्ताहरु मात्रै लागेका छन् ।

    दावा तामाङसहित तत्कालीन माओवादीका नेताहरुको ओली समूहको नेकपामा ‘इन्ट्री’ले केही प्रभाव पारे पनि अधिकांश स्थानीय तहमा अहिले पनि प्रचण्ड–माधव समूहकै वर्चस्व रहेकाले भविष्यमा को कसरी अघि बढ्छ त्यो भने प्रतीक्षाको विषय नै छ ।

    (नोट:नेपाल प्रेस डटकमको लागि दिनेश थापाले लेखेका विचारबाट साभार)

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    हिरा लामा जिकज्याकको दोस्रो प्रस्तुति रहेको गीत लबा खला झरी तला भिडियो सार्वजनिक:
    रुप कुमार दोङ र सिर्जना स्याङतनको सेम ह्योङ ह्योङ सार्वजनिक
    पेप्सिकोलाको नागरिक समाजले युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई बधाई तथा शुभकामना दिए:
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. हिरा लामा जिकज्याकको दोस्रो प्रस्तुति रहेको गीत लबा खला झरी तला भिडियो सार्वजनिक:

    • २. रुप कुमार दोङ र सिर्जना स्याङतनको सेम ह्योङ ह्योङ सार्वजनिक

    • ३. पेप्सिकोलाको नागरिक समाजले युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई बधाई तथा शुभकामना दिए:

    • ४. नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङले पदवहाली गरे:

    • ५. क्षमतावान हुदाँहुँदै माथि उठ्न नदिइएका दावा लामा मन्त्री बनेरै छाडे:

    चर्चित

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.