पेप्सिकोलाको नागरिक समाजले युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई बधाई तथा शुभकामना दिए:
सिन्धुपाल्चोक,दोलखा,काभ्रे र भक्तपुर जिल्लाबाट सिनामङगल पेप्सिकोलामा बसोबास गर्ने नागरिक समाजको तर्फबाट माननीय युवा तथा खेलकुद मन्त्री दावा तामाङ ज्युलाई बधाई तथा शुभकामना दिएका छन।कार्यक्रममा बधाई तथा शुभकामना दिन उहाँको शुभचिन्तकहरुको समेत उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री तामाङले आफू पनि २०६४ साल देखि त्यहीँ ठाउँमै बसोबास गर्दे आएको हुदाँ
आफ्नो कार्यकालमा पेप्सिकोलाको विकासको लागि कुनै न कुनै एउटा बिकासको चिनो दिने बताउँनु भयो।उक्त कार्यक्रममा खेल जगत,सामाजिक ब्यक्तित्व,स्थानीय नागरिकहरुले मन्त्री ज्युलाई स्वागत तथा बधाई दिन पाउँदा अत्यन्त खुसी भएको धारणा ब्यक्त गरेका थिए।