रुप कुमार दोङ र सिर्जना स्याङतनको सेम ह्योङ ह्योङ सार्वजनिक:
एकदमै मिठो स्वरका धनी गायक रुप कुमार दोङ र आवाजकी रानी गायिका सिर्जना स्याङतन तामाङको नयाँ गीत सेम ह्योङ ह्योङ भिडियोसहित सार्वजनिक भएको छ।उक्त गीतको शब्द,संगीत गायक रुप कुमार दोङकै रहेको छ भने ऐरेन्ज जोगलाल लामाले गरेका हुन।त्यसैगरी मिक्सिङ दिपेश प्रधानले गरेका हुन।
तिर्थ लामाखोरको प्रस्तुती रहेको उक्त गीतमा उत्तम लामा,आश्मा मोक्तान र मित्रलाल थिङको अभिनयलाई हेर्न पाउँनेछन।गीतको भिडियो निर्देशन गायक रुप कुमारले नै गरेका छन।