उदायीमान युवा गायक अर्पण थिङको पहिलो आधुनिक तामाङ प्रेम गीत चु तिङ सार्वजनिक:
एकदमै सुमधुर स्वरका धनी गायक अर्पण थिङको बिल्कुलै नयाँ गीत चु तिङ युट्युबमा सार्वजनिक भएको छ।गायक थिङलाई यस गीतमा चर्चित गायिका जितु लोप्चनले साथ दिएकि छिन।अर्पण थिङ पछिल्लो पुस्ताका निक्कै नै सम्भावना बोकेका गायक हुन।सुभिलाल तामाङको शब्द रहेको यस गीतमा संगीत भने जोगलाल लामाले भरेका हुन।
अभिनाश थिङको प्रस्तुति रहेको यस गीतमा विष्णु घलान र रोश्नी श्रेष्ठले अभिनय गरेकि छिन।यस गीतको ऐरेन्ज चाँद सिँहले गरेका हुन भने मिक्सिङ दिपेश प्रधानले गरेका हुन।गीतको भिडियोमा कृष्ण ब्लोनको सम्पादन र कोरियोग्राफी रहेको छ भने निर्देशन,ड्रोन र कलरिङको काम सूर्य लामाले गरेका छन।गीत सगुन मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।
Video link