काठमाडौं । मितेरी तामाङको दोश्रो गीत “ए कान्छा” सार्बजनिक भएको छ । निश्चल प्रेम राइको शब्द/संगीत रहेको गीतमा प्रमोद परियारको एरेन्ज साजन शाहले मिक्सिङ ,मास्टरिङ्गको काम गरेका छन ।
गीतमा एक प्रेमको भावना लाई प्रस्तुत गरिएको छ । जुन मितेरी तामाङको पहिलो गीत भने तामाङ सेलो “मनले खाने च्याङ्बा” रहेको थियो ।
टिकाराम आचार्यले निर्देशन गरेको गीतको भिडियोमा गायिका मितेरी तामाङ स्वयम देख्न सकिन्छ । टिकाराम आचार्य र लोकेन खतिवडाले छायान्कन गरेको गीतको भिडियोलाई टिकाराम आचार्यले नै सम्पादन गरेका हुन । ए प्लस स्टुडियोमा रेकर्डिङ गरेको उक्त गीत मितेरी तामाङ युटुब च्यानलबाट हेर्न सकिन्छ ।
[ म्युजिक भिडियो ]