मायालुलाई म्युजिक भिडियो सार्वजनिक
रुबीभ्यालीमा केही समय अघि छायाँकन गरिएको नेपाली मायालुलाईको भिडियो सार्वजनिक भएको । नेपाल आईडलबाट चर्चा कमाएकी रचना रिमालको सुमधुर आवाजमा सजिएको मायालुलाई गीत रोशन फ्युबाले शब्द संगीत भरेका हुन ।
रुबीभ्याली घर भएका एउटा मायालु जोडी रोशन र रबिना जागिरको शिलशिलामा छुट्टिनु परेको छ । रोशन सशस्त्र प्रहरी बलमा कार्यरत छन् । हरेक दिन पुराना दिनहरुलाई सम्झिदै पर्खाखाईमा दिन बिताईरहेकी रबिनाको माया भावमा भिडियो तयार पारेको देखिन्छ । रोशन देशको सुरक्षार्थ सिमामा खटाईएको हुन्छ, त्यही बेला पल्टनको एकजना सहकर्मी आस्माले नजिक हुन खोज्दा रोशनले ईन्कार गर्छ र आफ्नो श्रीमती प्रती प्रगाढ माया देखाउछ ।
एक जना प्रहरी जवानले केही भएको संकेत दिए पछि हतियार सहित सबै दौडिन्छन । अन्त्यमा घर फर्किन्छ र लडाई हामीले जित्यौं भन्दै बढुवा भएको तस्बीर रबिनालाई देखाउदै भिडियो सकिन्छ । यस भिडियोलाई रुबी भ्यालीको पाङसाङ मा प्रकाश तामाङले छायाँकन गरिएको छ भने रोशन फ्युबाले निर्देशन र खेम मोक्तानले कोरियोग्राफ गरेका छन । भिडियो ल्हाप्साङकार्पो म्युजिक सेन्टरको अफिसियल च्यानल एल एम सि डिजिटल मिडियाबाट सार्वजनिक गरिएको छ ।


भिडियो
https://youtu.be/qw1mxVUhg0s