• प्रमुख
  • स्वास्थ्य
  • राजनीति
  • समाज
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • साहित्य
  • आर्थिक
  • भिडियो
  • थप
    • तामाङ सेलिब्रेटी
    • अन्तराष्ट्रिय
    • प्रदेश
    • धर्म संस्कृति
    • रोचक
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • होमपेज
    • प्रमुख
    • स्वास्थ्य
    • राजनीति
    • समाज
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • भिडियो
    • थप
      • तामाङ सेलिब्रेटी
      • अन्तराष्ट्रिय
      • प्रदेश
      • धर्म संस्कृति
      • रोचक

ट्रेण्डिङ :

    काठमाडौं Amir Dong संगीतकार कोरोना गीत बसन्त Sangdup Ngyasur Tamang Shashi kala Moktan Ysk group Kawang lama Yangsang lama
Advertisement

लकडाउनमा नायिका वर्षालाई पशुपंक्षीको चिन्ता, आफैँ बाँड्दैछिन् खाना !

  •  संवाददाता
  • २१ चैत्र २०७६, शुक्रबार ११:०१ प्रकाशित
    Advertisement

    चैत्र १९, काठमाडौं । यतिबेला देश पुरै लकडाउन छ । हुनेखानेहरु घरमै परिवारसँग बसेर दिनैपिच्छे मिठा–मिठा परिकारहरु खाँदै दिन कटाउँदै छन् । हुँदा खाने तथा दैनिक ज्याला मजदुरीले छाक टार्नेहरु भोक र शोकमा छन्– ‘परिवार कसरी पाल्नु !’ हुँदा खाने हुन् या हुनेखानेहरु हुन्, सबैलाई आफ्नै पेटको चिन्ता छ । लकडाउनबाट आइलाग्ने आर्थिक संकट र भोकमरीको परिकल्पना गर्दै त्रासमा बाँचिरहेका छन् ।

    आफ्नै परिवारको चिन्तामा डुबेका छन् । यस्तो अवस्थामा मानव आश्रित ती जनावरको चिन्ता कसले गर्ने ? परिवारकै चिन्तामा डुबेपनि अधिकांशको मनमा कतै न कतै यो चिन्ता पक्कै छ कि– ‘ती जनावर के खाएर बाँच्लान् !’ तर कसले भर्ने तिनीहरुको पेट ? कतिपयले भने आफ्ना वरिपरिका पशुपंक्षीहरुलाई आफूले सकेजति गाँस काटेर खुवाइरहेका छन् । नायिका वर्षा शिवाकोटी पनि यतिबेला आफ्नो घर छेउका कुकुरहरुलाई खाना खुवाइरहेकी छिन् ।

    सामाजिक सञ्जालमा कुकुरलाई खाना बाँड्दै गरेकाे तस्विरहरु पोष्ट गर्दै उनले लेखेकि छिन्– ‘दिनदिनै नयाँनयाँ परिकारहरु घरमा बनाएर खाइरहेका छौँ तर यीनीहरुको बारेमा कसले सोच्ने ? जो हाम्रो खानामा निर्भर छन् । यसबाटै प्रष्ट हुन्छ कि उनीभित्र कलाकारिता मात्रै होइन, पशुपंक्षीप्रतिको प्रेम पनि छ ।

    ‘न बोल्न नै सक्छन्, न भोक लाग्यो भन्न नै ! हामी सबैमा यीनीहरुप्रति माया नहोला तर मानवता भने पक्कै छ ! आफ्नो घर वरिपरिका जनावरहरुलाई आफूले सक्ने सम्म खाना खुवाउँ’, उनले फेसबुकमा लेखेकी छिन् ।

    विश्वभर फैलिएको कोरोना महामारीका कारण यतिबेला नेपालसहित कयौँ देश लकडाउनमा छन् । विश्भर कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या आज बिहानसम्म मात्रै ४२ हजार नाघिसकेको छ भने ८ लाख ५८ हजारभन्दा बढी संक्रमित भएका छन् । नेपालमा भने हालसम्म पाँच जनामा मात्रै कोरोना संक्रमण देखा परेको छ । एकजना निको भइसकेका छन् भने अन्य ४ जनाको अवस्था सामान्य छ ।

    नायिका वर्षाले यसअघि प्रधानमन्त्री राहत कोषमा एक लाख रकम सहयोग गर्ने घोषणा गर्दै भनेकी थिइन्– ‘देश लकडाउन छ । आजको दिनसम्म देशभित्र यो भयानक रोग कोरोना भाइरसले कसैको ज्यान लिएको छैन । म भगवानसँग यही प्रार्थना गर्दछु कि हाम्रो देश र हामी नेपाली कसैलाई केही नहोस् ।’

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:
    तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |
    तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    • २. तामाङ चलचित्र टु ( पुर्खाको पसिना) को अर्को गीत ग्याल्मो सार्वजनिक |

    • ३. तामाङ तथा सेलो स्वरसम्राट चन्द्र कुमार दोङको नयाँ गीत दोङह्राप ह्वाई सार्वजनिक

    • ४. मितेरी तामाङको ” ए कान्छा ” सार्वजनिक |

    • ५. YSK को रेबन चस्मा मिरीले पायो छोटो समयमै दुई लाख भ्युज:(भिडियोसहित)

    चर्चित
    • १. युनिक दोङको गीत म्हाला आङाको सुटिङ सम्पन्न,भिडियो चाडैँ आउँदै:

    ताम्सालिङ टिभि सम्पर्क:

    Tamsaling TV Pvt.Ltd.
    बौद काठमाडौँ
    सम्पर्क:
    इमेल: info@tamsalingtv.com
    tvtamsaling@gmail.com
    सुचना बिभाग दर्ता नं. ……..
    दर्ता: २११०५५/०७५/०७६

    हाम्रो टिम:

    अध्यक्ष- प्रदिप थिङ्ग
    प्रधान सम्पादक: रजनी तामाङ
    सम्पादक – सर्मिला श्रेष्ठ
    रिपोर्टर- सुनिल राज लामा
    रिपोर्टर- रिना तामाङ
    रिपोर्टर- विजय लामा थिङ्ग(मकवानपुर)
    क्यामेर/इडिट- सुनिल राज लामा
    आइटी सपोर्ट- गणेश बज्र लामा

    ताम्सालिङ टिभीको उदेश्य:

    नेपाली नेपालीको स्वाभिमान जाती – जाती प्रतिको प्रेम अनि एकता, इतिहास मनोरञ्जन पल पलको खबर, राट्रिय कोणमा सामुदायिक आवाज ताम्सालिङ टिभी

    सामाजिक सन्जालमा हामी:

    YouTube Channel
    Facebook Page
    Facebook ID
    Twitter
    Instagram

    © 2020 Tamsaling Tv| All rights Reserved.
     Website By :  Ganesh Lama.