ए-सि-ड प्रहारबाट गम्भीर घाईते भई अचेत अबस्थामा उपचार्थ रहेका नुवाकोटका रामराजा थापाले शिक्षण अस्पतालको शैयाबाट आफ्नो थप उपचारको लागि आर्थिक सहयोगको लागि मनकारी मनहरुमा हार्दिक अपिल गरेका छन।
नुवाकोट-बिदुर नगरपालिका वडा नम्बर १३ का २६ वर्षीय लखा जवान सालिन स्वभावका युवा रामराजा थापा घटना अघि पेसाले उनी सवारी चालक मजदुर गर्दै काठमाडौं स्थित नेपालटारमा श्रीमती र ३ महिनाको दुधे वालक संगै सुखी जीवन बिताउँदै आईरहेका थिए। तर अफसोच त्यो खुसी थापाको जीवनमा क्षणभरमै विलीन हुन पुग्यो, साच्चै एउटा अकल्पनीय दर्दरनाक घटनाने उसको जीबनमा ठुलो वज्रपात आईपरेको छ। पत्याउनै नसकिने तर वास्तविक घटना हो, जुन अति क्रूरता घटना अरु कसैले नभई आफुसंगै जीउने संगै मर्ने बाचा कसम खाएर केही वर्ष अघिमात्र घर भित्र्याएका आफ्नै प्रीय जीवनसंगीनीले नै सुनियोजित ढंगले गत २०७६ फाल्गुन २५ गते नारी दिवसको दिन करिव रातको ११:४५ बजेतिर निदाएको मौका छोपेर तेजाब प्रहार गरेको स्रोतले जनाएका छन्
जीवन र मरनको दोसाँधमामा अचेत अबस्थामा पुगेका रामराजालाई तुरुन्तै तत्कालै सोही रातिनै दाइहरुको सहयोगमा काठमाडौ महाराजगञ्ज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा पुर्याएको थियो। त्यसपछि उनको दुई पटक सम्म अनुहारको सल्यक्रिया सफल भए पश्चात् गत बैशाख ०९ गते डिस्चार्ज गरिएको थियो। त्यसपछि हाल तेस्रो पटक आँखाको, कानको सल्यक्रिया, र फेसको सर्जिकल गर्नको लागि गत जेठको ३२ गते पुनः शिक्षण अस्पतालमा नै भर्ना गरिएको र आज मात्रैपानी दुवै आँखाको सल्यक्रिया सफल भएको छ।अहिलेसम्म भाइको उपचार क्रममा ४ लाख रुपैयाँ भन्दा बढि नै खर्च लागिसकेको र आवस्यक मोटो आर्थिक रकम जुटाउन नस्कदा थप उपचारमा समेत अत्यन्तै कठिन परिस्थिति आएकोले पीडितको आर्थिक अबस्थाको मर्मलाई बुझेर सहयोगी हातहरुले सकेको सहयोग गरिदिन रामराजाका आफ्नै सहोदर दाजु शुबराज थापाले सबैमा अपिल गर्दै पीडितले पाउनुपर्ने न्याय सम्म नपाएको बताएको छ ।
विभिन्न अनलाइन मिडिया तथा सामाजिक संजाल, युट्युबहरुमा समेत यस घटनाको बारेमा अपडेट भईरहेको हुँदा पिडितको पारिवारिक दयनीय आर्थिक अवस्था बारे धेरैलाई थाहा हुनुपर्छ त्यसैले थप उपचारको लागि मोटो रकमको आवस्यकता परेकोले देश, बिदेश बस्नुहुने सम्पुर्ण दाजुभाइहरु तथा सामाजिक संघ संस्थाहरु बाट आर्थिक सहयोग लगायत मिडियाले गर्नु पर्ने दायित्व पूरा गरि सहयोग पुर्याउन पीडितको परिवारले बिनम्र अनुरोध गरेका छन्।
उनीहरुको १ सन्तान ६ महिनाको १ दुधे वालक भने पीडितकै श्रीमती संगै सुरक्षित रहेको र हाल उनी एसिड प्रहारको अभियोगमा मुद्दा खेपिरहेकी छिन्।
मनकारी मनहरुले बिरामीको सहोदर दाजु शुबराज थापा लाई सम्पर्क गरी थप जानकारी लिनुका साथै आर्थिक सहयोग गर्न सक्नुहुनेछ
शुबराज थापा सम्पर्क नम्बर : ९८५११३९०४५
खाता नम्बर : ०२८००००१५३११२
सानिमा बैंक, एकान्त कुना शाखा