काठमाण्डौ । गायक तथा संगीतकार प्रकाश तामाङ तितुङको ‘क्याम्साङ गैरिला नक्कली’ बोलको गीत बजारमा आएको छ । ताम्सालिङ टिभिको प्रस्तुतिमा निर्माण भएको सेलो गीत छोटो समयमा टिकटकमा अध्यधिक रुचाएको थियो । कोरोनाको समस्याले गर्दा अफिसियल भिडियो ल्याउन ढिला हुने भए पछि धेरैले यो गितको डिमान्ड गरेको थाहा पाए पश्चात् गायक तथा गायिकाको साथमा यो भिडियो तयार पारिएको हो |
गित संगीतमा अहिले सम्मकै फरक शब्द चयन गरेर कादो सम्द गित मार्फत ल्याइएको छ |कादो भन्नाले कतिलाइ थाहा नहुन सक्छ नेपालीमा कादोको अर्थ हो ओखर ओखर त सबैलाई थाहा भएकै हो यहि ओखर यानिकि कादोलाइ गित मार्फत प्रकाश तामाङले तामाङ जगतमा पहिलो चोटि सेलो गित मार्फत ल्याउनु भएको हो कादोमी क्लाङ्बा रुलुलु सब्दले धेरैको मन जिती सकेको प्रकाश तामाङ बताउनु हुन्छ।
अब केही समय पछि समयले साथ दियो भने छिटै चर्चित कलाकारको साथमा फेरि अफिसियल भिडियो हेर्न पाउने ताम्सालिङ टिभीका प्रभन्ध निर्धेशक प्रदीप थिङले बताउनु भएको थियो ।
गीतलाई फनिन्द्र राईले संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेका हुन । शब्द, संगीत र स्वर गायक प्रकाश तामाङको रहेको छ भने चर्चित गायिका जितु लोप्चनले आवाजमा साथ दिएकी छिन।
पूरा भिडियो हेर्न तल लिन्कमा जानू होला