असार ९, काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १० हजार ९९ पुगेको छ । ७६ संक्रमित निको भएर डिस्चार्ज भएको र १ को मृत्यु भएको प्रेस ब्रिफिङका क्रममा आज मंगलबार मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।