स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित ब्रिफिङ अन्तर्गत आज मंगलबारको ब्रिफिङमा थप १ जना कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि गरेको छ ।
कोरोनाबाट ज्यान गुमाउने पछिल्ला व्यक्ति दैलेखको दुल्लु ३ का ४५ वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयको प्रवक्ता गौतम ले जानकारी दिनुभएको हो ।