विश्वभर कोभिड १९ ले महामारीको रूप लिँदा विदेशमा रहेका थुप्रै नेपाली कामविहीन भएका छन् । र थुप्रै नेपालीहरु स्वदेश फर्किसकेका छन् तर जहाजको भाडा तिर्न नसक्ने नेपाली भने नेपाल आउन पाएका छैनन् ।
सरकार कार्यविधी बनाउने र स्रोत खोजी गर्ने प्रक्रियामा अल्झिएकाले जहाजको भाडा जोहो गर्न नसक्नेहरु नेपाल आउन नपाएका हुन् ।
केही समय अगाडि नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई व्यक्ति स्वयंको खर्चमा स्वदेश फिर्ता आउन सक्ने निर्णय गरेको थियो ।
विदेशमा काम गर्ने नेपालीहरु स्वदेश ल्याउन थालेको २ साता भयो । यस अवधिभरमा करिब ७ हजार नेपाली आइसकेका छन् । नेपाल फर्किनेहरु कोही आफ्नै खर्चमा आएका छन् भने बिशेेष गरी खाडी मुलुकमा काम गर्ने नेपालीहरुलाई कम्पनीले खर्च गरेर स्वदेश फिर्ता पठाएका छन् ।अझपनि लकडाउनले गर्दा तलब पनि नपाएका र कम्पनीले खर्च गर्न नसकेर बिदेशमै अल्मलिएका धेरै नेपाली बाकी छन् जसलाइ स्वदेेश ल्याउन नेपाल सरकारले अहिले सम्म कुनै पहल गरेको देखिदैन ।