खाडी मुलुकमा रहेका नेपालीहरु फर्किने क्रम जारी नै छ यस बीच आज बिहिबार बिहान कतारको उद्धार उडान हिमालय एयरलाइन्सको विमानबाट १सय ५८ जना नेपाली स्वदेश फर्केका छन् ।
नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको तेस्रो उडानमार्फत् प्राथमिकतामा परेका र नेपाल फर्किनै पर्नेहरुको उद्वार गरिएको बताए । नेपाल फर्कनेमा ३ जना गर्भवती, ७ जना सुत्केरी, २ जना नाबालक र १ सय ४६ जना पुरुष बताए।
कतारको दोहा स्थित हमाद अन्र्तराष्ट्रिय विमान स्थलबाट कतारको समय अनुसार बिहीवार बिहान २ बजेर ७ मिनेटमा उडेको हिमालय एयरलाइन्सको विमान नेपालको समय अनुसार ९ बजेर ७ मिनेटमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।
उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्न दूतावासका प्रतिनिधिहरु पुगेका थिए