असार ११, धनुषा । धनुषा हंसपुर नगरपालिका -१० निवासी उमेर १६ का राजु सदाको क्वारेन्टाइनमा झाडा पखाला लाग्दा जीवनजल समेत नपाएर ज्यान गुमाएको छ ।
कोभिड १९ को महामारीका कारण भारतमा लामो समयको लक डाउनले रोजगार गुमाएका राजु आफ्नो देश फर्किएर क्वारेन्टाइनमा बसेका थिए ।
मृत्यु हुने राजु सदा कोरोना संक्रमित थिएन । उनले झाडा पखाला लाग्दा जीवनजल समेत नपाएर छट्पटीदै ज्यान गुमाएका हुन्।