असार ११, काठमाडौं । आज (बिहीवार) ४ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आज थपिएका मध्ये ४८ जना महिला छन् भने ३८६ जना पुरुष संक्रमित छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १ सय ६२ पुगेको छ ।
संक्रमित हुनेमा पुरुष १० हजार २० जना र महिला १ हजार १ सय ४२ जना पुगेको छ ।
आज ३ सय १२ जनाले कोरोना संक्रमण जितेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या २ हजार ६ सय ५० पुगेको छ