असार १२, धुलिखेल । काभ्रेको रोशी गाउँपालिका-५ सिपालीमा बाटोमा बम राखेर एक समूहले बुद्धचित्तको माला लुटपाट गरेको छ । बम राख्ने समुह र बुद्धचित्त माला सुरक्षाका लागि बसेका व्यक्ति बीच झडप हुँदा ५ जना घाइते भएको काभ्रे डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।
सिपाली जाने बाटोकाे खाल्टे भन्ने ठाउँमा बम राखेर बिहीबार मध्यराति हतियारसहित आएको लुटेरा समूहले मालाका सुरक्षाका लागि गरिएको सीसीटिभी क्यामेरा तोडेर ९० लाख बराबरको बुद्धचित्त मालाको दाना लुटेको प्रहरीको भनाइ छ।अहिले बम डिस्पोज गर्न घटनास्थलमा नेपाली सेनाको टोली पुगिसकेको प्रहरी कार्यालय काभ्रेका डीएसपी थापाले जानकारी छ ।
झडपमा लुटपाट गर्न आएकाको समूहले गोली चलाएकोसमेत काभ्रे प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।