असार १३, काठमाडौं । दक्षिण कोरियामा रहेका ३०० नेपालीहरु स्वदेश फर्किंदै छ । कोरियास्थित नेपाली राजदूतावासले नेपाल फर्कनु पर्ने दोस्रो प्राथमिकताका नेपालीको सूची तयार पारेको जानकारी दिएको हो ।
गत शनिवार कोरियन एयरले दक्षिण कोरियामा रहेका २२८ जना नेपालीहरुलाई काठमाडौं ल्याएको थियो। उक्त विमानले २३३ जना नेपाली कामदार लिएर कोरिया फर्किएको थियो।
कोरियास्थित नेपाली दुतावासमा अझै ११ सय समयम परेको नेपाली सम्पर्कमा रहेको जानकारी दिएको छ ।
कोरोना महामारीका कारण विभिन्न समस्यामा परेका र नेपाल फर्कंनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कनका लागि नेपाल सरकारले २०७७ जेष्ठ ११ गतेदखि नै सूचना फारम सार्वजनिक गरी विवरण संकलन गरेको थियो।