असार १३, काठमाडौं । अफ्रिका हुँदै भारतमा आएको सलह नेपालमा पनि प्रवेश गरेको आशंका गरिएको छ ।
बाराको निजगढनजिकै र सर्लाहीका नवलपुरमा सलह देखिएको कृषि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।
सलह किरा खेतको बाली क्षणभर नाश गर्ने फट्याङ्ग्रा हो । यी किरा एक वर्ग किलोमिटर क्षेत्रफलमा १५० लाखसम्म हुने र यिनीहरु दैनिक ९० माइल (१००-१५० किमी) सम्मको यात्रा दुरी पार गर्न सक्ने भनिएको छ ।
एक बथानले २५ हजारभन्दा बढी मानिसलाई खान पुग्ने खाना एक दिनमा खान सक्ने बताइन्छ।
‘जिल्लास्थित कृषि प्राविधिकले यो विषयमा वास्तविकता बुझ्न प्राविधिकहरू फिल्डमा खटाउनु भएको जानकारी दिनु भएको छ ।