असार १३, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा )को तेस्रो दिनको स्थायी कमिटी बैठक प्रम निवास बालुवाटारमा अहिले चलिरहेको छ ।
पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने केही बेर मात्र बैठकमा बसी जानुभएको छ।
यसअघि पहिलो दिन बुधबारको बैठकले सातवटा एजेण्डामा छलफल गर्न कार्यसूची तय भएको थियो भने हिजो शुक्रबारबाट एजेण्डागत रुपमा छलफल सुरु गरिएको थियो । जसमा सिमा समस्याबारे १८ सदस्यहरुले धारणा राखेका थिए ।