असार १४, काठमाडौं । आइतवार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमितहरुमा १०५ जना महिला र ३५८ जना पुरुषमा रहेको पनि मन्त्रालयले बताएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना मुक्त हुनेमा १८९ पुगेको छ । अहिले सम्म ३ हजार १३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् ।