असार १५, काठमाडौं । आज सोमबार ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा १सय १२ जना महिला र ३सय ६४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. गौतमले बताउनु भयो ।
यो सँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या १३ हजार २४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको १ , सप्तरीको १५ , धनुषाको ६, महोत्तरीको ४, पर्सा १ , बागलुङको १४, अर्घाखाँचीको २७ , भक्तपुरको १, धनकुटाको १ , गोरखाको ५, गुल्मीको २०, खोटाङ्गको १, पाल्पाको १३, पर्वतको १३, प्यूठानको ९, रौतहटको १८, रोल्पाको १, रुपन्देहीको ३, स्यङ्जाको ८, तनहुँको ९, धादिङको २, काठमाडौंको ६, चितवनको ४, कैलालीको १, पाल्पाको १३, बाराको ३, मकवानपुरको १, अर्घाखाँचीको ११, काभ्रेको १ , ललितपुरको १, बाजुराको ९८, कपिलवस्तुको २, रुपन्देहीको २, डोल्पाको २, कालिकोटको २, दाङको ५८, रुकुमको १ , कैलालीको २९, डोटीको ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
आज कोरोनामुक्त भएर जाने १२१ जना रहेको छ । अहिले सम्म कोरोना निको हुनेको संख्या भने ३ हजार १ सय ३४ पुगेको छ ।