असार १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) को आज बसेको स्थायी कमिटी बैठकमा नेकपाको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट राजिनामा दिन माग गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीले आफूलाई भारतले हटाउन लागेको भनेर दिएको अभिव्यक्तिको जवाफ मागेका थिए ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले आफूले प्रधानमन्त्रीको राजीनामा मागेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले असार १४ गते मदन भण्डारीको ६९औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नक्सा जारी गरेवापत भारतले आफूलाई हटाउन खोजेको र त्यसको लागि दूतावासका मान्छेहरुले होटलहरुमा बैठक गरिरहेको आरोप लगाएका थिए । त्यतिमात्रै होईन, उनले उक्त मिटिङमा पार्टीकै नेता सक्रिय भएको दाबी गरेका थिए ।