भक्तपुर । विश्वप्रसिद्ध भक्तपुरको न्यातपोल ( पाँचतले ) मन्दिर जीर्णद्धार कार्यमा स्थानीयले बाक्लो उपस्थिति साथ क्षमता अनुरूपको श्रमदान गरिरहेको छ ।
श्रमदान गर्ने सहयोगी हातहरु बढ्दै गएको र दिनमा सयौंको संख्यामा व्यक्ति र संस्थाका समुहले सहयोग गरिरहेको उपभोक्ता समितिका अध्यक्ष केशव तमखुले बताए । श्रमदान गर्न नसक्नेले खाजा पानी उपलब्ध गरिरहनु भएको पनि उनले जानकारी दिए ।
भूकम्पले मन्दिरको माथिल्लो तल्लाको पुरा भाग भाचिएपछि पाँचौ तल्ला पूर्णरुपमा निर्माण गरी बाँकी मन्दिरको झिंगतिहरु छाउने तथा भूकम्पले चर्काएका भागहरुलाई युनेस्को, पुरातत्व विभाग, संस्कृतिविद् तथा सम्पदविद्, इतिहासकार र प्रबिधिकाहरुको परामर्श र प्रत्यक्ष निगरानी अनुसार मर्मत कार्य पूरा गर्नलागेको उपभोक्ता समितिका अध्यक्ष केशव तमखुले जनाएको छ ।