असार १९ , काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यो सँगै नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।
त्यस्तै ४ हजार ४ सय ८३ पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा २ लाख ४२ हजार २ सय ४७ पीसीआर परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए छन्।
क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहेका छन् । यस्तै आइसोलेसनमा ९ हजार ८४ जना संक्रमितहरु उपचाररत रहेको पनि प्रवक्ता गौतमले बताए ।
शुक्रबार ८ सय २३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ