असार २१, काठमाडौं। पछिल्लो २४ घण्टामा २ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
देशभर अहिले कुल कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ४ हजार ७ सय १० जनाको आरटी पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
१३२ जनाका कोरोना निको भएर घर फर्किएका बताए । प्रवक्ता डा.गौतमका अनुसार हालसम्म ६ हजार ५ सय ४७ जना निको भएका छन् । क्वारेन्टिनमा आइतबार ३१ हजार ५७३ जना रहेका छन् ।२४ घण्टामा ४ हजार ७ सय १० जनाको आरटी पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।