असार २२, काठमाडौं । हाँस्य कलाकार दिपक राज गिरीले मलाई जबरजस्ती महानायक बनाउनेहरूलाई धन्यवाद भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।
केहि समय अघि दीपाश्री निरौलाले अभिनेता राजेश हमाललाई महानायक नभएको बताएपछि यो विषय विवादमा आए देखि दीपक राज गिरी नेपाल इफिल्म क्षेत्र को महानायक भए नभएको विषय समाजिक संजाल र मिडियामा व्यापक बहस भएको थियो ।
यसरी आफु जबर्जस्ती विवादमा तानिए पछि फेसबुक मार्फत यसरी स्पष्टीकरण दिए , ‘जब देखि कलाकार भएं, हरिदाइ, मदन दाइ र सन्तोष पन्त दाइ जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थे. मेरो बाटो, मेरो लक्ष कहिले पनि महानायकको घर तिर मोड़िएन, मेरो गल्ति बिना नै मलाई जबरजस्ती महानायक बनाउनेहरूलाई धन्यवाद…जब असत्य चिच्याई चिच्याई बोलेर भिडजम्मा गरिरहेको हुन्छ सत्यले चूपचाप आफ्नो बाटो हिड्नु राम्रो … ..
जब देखि कलाकार भएं , हरिदाइ, मदन दाइ र सन्तोष पन्त दाइ जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थे मेरो बाटो ,मेरो लक्ष…
Posted by Deepak Raj Giree on Monday, July 6, 2020