असार २२, काठमाडौं । कोरोना भाइरस हावाबाट पनि सर्न सक्ने केही वैज्ञानिकहरूले अनुसन्धानबाट पत्ता लगाएका छन् ।
हावाका साना कणमा पुगेका कोरोनाभाइरसबाट पनि मानिसमा सङ्क्रमण हुन सक्ने दाबी गर्दै केही वैज्ञानिकहरूले विश्व स्वास्थ्य सङ्गठन ( डब्लुएचव) लाई कोरोना भाइरस सम्बन्धी संशोधन गर्न आग्रह गरेको विवरण न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ।
कोरोनाभाइरसबारे विश्वका ३२ देशको २३९ वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन् । तिनै वैज्ञानिकहरूले यसबारे विश्व स्वास्थ्य सङ्गठनलाई खुलापत्र पठाएर त्यस्तो माग गरेका हुन्।
वैज्ञानिकहरूले हाछ्युँ गर्दा निस्किने साना वा ठूला ड्र्प्लेट अर्थात् छिटा हावामा केही परसम्म फैलिन सक्ने भएकाले कोरोनाभाइरसको सङ्क्रमण हुनसक्ने दाबी गरेको न्युयोर्क टाइम्सले जनाएको छ ।
तर डब्लु एच व का अनुसार वैज्ञानिकहरूको अनुसन्धानबाट प्राप्त विवरण पर्याप्त प्रमाण सहित पुष्टि भएको छैन ।