असार २२, काठमाडौं । २०७२ मंसिर १० गते झुठो विवरण पेश गरी १६ जना विदेशीलाई नेपाली नागरिकता प्रदान गरेको अभियोगमा झापा जिल्ला प्रशासन कार्यालयका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य काठमाडौंबाट पक्राउ परेका छन् ।
पाँच वर्ष अगाडि तत्कालीन अधिकृत आचार्य सहित ४६ जना अभियुक्त विरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।
तत्कालीन प्रशासकीय अधिकृत आचार्यलाई झापाबाट खटिएको प्रहरी टोलीले काठमाडौँको गठ्ठाघरबाट शनिबार प’क्राउ गरी झापा लगिएको छ । आज उनलाई अदालतसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ । सो नागरिकता का’ण्डका आरोपितमध्ये जिल्ला प्रशासन कार्यालयका खरिदार तेजिन्द्र न्यौपाने र बिर्तामोड–८ का वडासचिव लोकराज बराल एक वर्षअघि प’क्राउ परिसकेका छन् भने विर्तामोड–५ का टेकबहादुर गुरुङ, भद्रपुर–१० का प्रेम तिम्सिना र भद्रपुर–१० का भीमबहादुर लिम्बूसमेत पहिल्यै प’क्रा’उ परेका थिए ।
भद्रपुर–९ का वडाध्यक्ष शनिलाल राजवंशी, विर्तामोड–८ का वडाध्यक्ष अजय कार्की, जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन अधिकृत गौरव ढुङ्गेल, अर्का अधिकृत चुडाराज भट्टराई, टोली प्रमुख नारायण काफ्ले र चिरञ्जीवी अधिकारी, सुब्बा नायब मेघराज निरौला, भद्रपुर–९ का वडा सचिव अरुणा भट्टराई, बाहुनडाँगी गाविसका तत्कालीन सचिव भवकृष्ण न्यौपानेलगायतका अभियुक्त अझै फ’रार छन् ।