असार २३, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने जमैका तलावाजबाट क्यारेबियन प्रिमियर लिगको तेस्रो सिजन खेल्ने पक्का भएको छ ।
तेश्रो सिजन क्यारेबियन प्रिमियर लिग टि-२० खेल्न छनौट भएका नेपाली स्पिनर सन्दिप लामिछानेले नयाँ टिमको लागि यो सिजन खेल्न उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।
सन्दिपले ड्राफ्टमा आफ्नो मूल्य ९० हजार डलर राखेका थिए। अर्थात सन्दिपले नेपाली रुपैयाँ १ करोड ७ लाख ४६ हजार पाउनेछन्।
सन्दीपले पहिलो सिजनमा ५ हजार र तथा दोस्रो संस्करणमा ७० हजार डलरमा अनुबन्ध भएका थिए ।