असार २४, काभ्रे । भक्तपुरको सूर्यविनायकबाट काभ्रेको नाला शेरातर्फ जाँदै गरेको बा १ क ९२३६ नम्बरको निशान गाडी दुर्घटनामा भएको छ । दुर्घटनामा परी गाडीका १८ वर्षका सुजन वाग्लेको उपचारका क्रममा मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेको नाला शेरातर्फ आउँदै गरेको बा १ क ९२३६ नम्बरको निसान गाडीको ब्रेक फेल भई गाडी सडकमै पल्टिँदा दुर्घटना भएको हो ।
गाडी पल्टेर घाइते भएका वाग्लेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा सूर्यविनायक नगरपालिका ७ का सुजनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ।