असार २४ , पाँचथर । पाँचथर जिल्लाको वालेलुङ गाउँपालिका वडा नं – ६ को धन बहादुर राईको परिवार आरन चलाएर मनग्गे आम्दानी गरिरहेका छन् । जातिका आधारमा कुनै पनि काम ठूलो र सानो हुँदैन भन्ने संदेश राई परिवारले दिएको छ ।
जाती विशेषले गर्नु पर्ने कामको परम्परालाई तोड्दै राई परिवारले आरनको काम गरी राम्रो उदाहरण प्रस्तुत गरेको छ । गाउँका विश्वकर्मा जातले आफ्नो परम्परा देखिको काम आरन व्यवसाय छोड्दै गएपछि राईको परिवारले ६ वर्ष देखि कुटो, कोडालो, हँसिया जस्ता घरेलु हतियार बनाउँदै यो व्यवसायबाट राम्रै आम्दानी गरिरहेको छ ।
गाउँका पहिले कामीले गर्ने काम गर्नुहुँदैन भनेपनि धन बहादुर राईले कामलाई निरन्तर दिँदै गएको थियो । अहिले तिनै गाउँलेहरु राईले गरेको व्यवसायबाट खुसी छन्।गाउँले राई परिवारको कामले कृषि कार्यमा सहयोग पुगेको बताउँछन् ।
हेर्नु नयाँ कुरा डट कममा देखाइएको यो भिडियो
पाँचथर दलित समुदायमा पर्ने कामी जातीले घरेलु हतियार बनाउन चलाउने आरन व्यवसाय कथित ठुला जातीले गर्न हुँदैन भन्ने भ्रम चिर्न सफल भएको छ पाँचथरको फालेलुङ गाँउ पालिका वडा नम्वर ६ का धनबहादुर राईको परिवार ।पूरा भिडियो हेर्न तलको लिंक किलिक गर्नु होला !https://youtu.be/c_ocxaXF2y8
Posted by दलित एकता संजाल नेपाल कतार on Saturday, March 9, 2019