असार २४, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ५५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १६ हजार चार सय २३ पुगेको छ ।
काठमाडौं उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । अहिले सम्म काठमाण्डौंमा १९१ , ललितपुरमा ५६ र भक्तपुरमा ४३ जना संक्रमित देखिएको छ ।
यस्तै नेपालमा अहिलेसम्म ७ हजार ७ सय ५२ जना कोरोनाबाट निको भएका छन् । पछिल्लो २४ घण्टामा २ सय ५३ जना निको भएर घर गइसकेको छ ।
यो सङ्ख्या कुल सङ्क्रमितको ४७ दशमलव २ प्रतिशत हो । आजसम्म क्वरेण्टीनमा २५ हजार ४० जना र आइसाेलेशनमा आठ हजार ६ सय ३६ जना रहेका छन् ।