असार २४, काठमाडौं। आज काठमाडौं उपत्यकामा थप १७ जना कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
संक्रमित काठमाडौंका १७ जना र ललितपुरका ७ जना रहेका छन । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या २९० पुगेको छ ।अहिले सम्म काठमाडौंमा १९१ , ललितपुरमा ५६ र भक्तपुरमा ४३ जना संक्रमित देखिसकेको छ ।
लकडाउन लुजडाउन भएपछि संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको हो।