असार २६, काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित भएको छ ।
वर्षा र बाढीपहिरोले देशभर व्यापक धनजनको क्षति भएकाले उद्धार कार्यका लागि सात दिन स्थायी कमिटीको बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
नेकपाले यसअघि पाँच पटक बैठक स्थगित गरिसकेको छ । आज बस्ने भनिएको बैठक लगातारका वर्षा र बाढी का कारण सात दिन (श्रावण २) सम्मका लागि स्थगित गरिएको हो ।