असार २६, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको छ ।
हालसम्म देशभरबाट ८ हजार ११ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा १२० कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।