असार २७, काठमाडौं । बिहीवार देखि देशभर जारी वर्षा अझै केही दिन रोकिने सम्भावना नदेखिएको मौसम विभागले जनाएको छ।
मनसुनी वायुको प्रभावले प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी परिरहने विभागले बताएकाे छ । शनिबार बिहान देखि देशका विभिन्न स्थान : कञ्चनपुर, बैतडी डडेल्धुरा, दाङ, चितवन, हेटौंडा, प्रदेश २ का अधिकांश स्थान, पूर्व विराटनगर, इलाम, धनकुटालगायत क्षेत्रमा वर्षा भइरहेको जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन पश्चिमी भेगमा भोलिसम्म र मध्य तथा पूर्वी क्षेत्रमा अझै ३ दिनसम्म सक्रिय रहने जनाइएको छ । देशका विभिन्न स्थानमा ठुलो पानी परेकोले बाढी, पहिरो र डुबानको जोखिम बढ्ने हुनाले सतर्कता अपनाउन आग्रह गरिएको