असार २७ , काठमाडौं । शनिबार पछिल्लो २४ घटना ७० जनामा कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ७ सय १९ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ देशभरका विभिन्न २५ प्रयोगशालामा गरिएको परीक्षणमा ७० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन ।
नेपालमा आज थप ३ जना मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंका २ जना र सिन्धुपाल्चोकका १ जना रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको प्रवक्ता डा.गौतमले बताए ।
कोरोना संक्रमित जिल्लाहरूमा झापाका २ जना,सिरहाका १ जना,सुनसरीका ४ जना , उदयपुरका ४ जना, धादिङ ३ जना,काठमाडौंका ३ जना , नुवाकोटका १ जना,सर्लाहीका ३ जना, सिन्धुपालचोकका ५ जना, मोरङका ३ जना, चितवनका १ जना, सिन्धुलीका १ जना , रौतहटका १ जना , पर्वतका १ जना, बाग्लुङका ३ जना,तँनहुका ४ जन, स्याङ्जाका ४ जना , म्याग्दीका २ जना, कास्कीका २ जना, पाल्पाका १ जना, बाँकेका २ जना,बर्दियाका २ जना , दाङका २ जना, रुकुम पश्चिमका १ जना, सुर्खेतका ३ जना , सल्यानका १ जना, अछामका १ जना , कञ्चनपुरका ४ जना र जुम्लाका २ जना रहेका छन्।