असार २८, काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारले आफ्नो माग संबोधन नगरे सम्म हालको स्थितिमा सार्वजनिक यातायात सञ्चालन नगर्ने अडान लिएका छन् ।
सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरेको आज तीन दिन भइसकेको छ । तर यातायात व्यवसायीले यस क्षेत्रमा काम गर्ने श्रमिकहरुको स्वास्थ्य सुरक्षालाई पनि सरकारले ध्यान दिन आग्रह गरेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले श्रमिकको आधारभूत स्वास्थ्य र सुरक्षाका विषयमा यातायात व्यवसायीका न्यूनतम मागलाई सम्बोधन नगरीकन सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरेको तर हालको स्थितिमा सार्वजनिक यातायात सञ्चालन गर्न नसकिने बताउनुभएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदूर सङ्घ, अखिल नेपाल यातायात मजदूर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले संयुक्त रुपमा सवारी सञ्चालन कार्यविधि बनाएर सार्वजनिक गाडी चलाउनुपर्ने निर्णय गरेका छन् । यसका लागि सरकारसँग छलफल