असार २९, काठमाडौं । केही दिन देखि अमेरिकन डलरको भाउ बढिरहेको छ । अहिले अन्तराष्ट्रिय बजारमा एक डलर खरिद गर्न १२० रुपैयाँ ३ पैसा तिर्नु पर्नेछ ।
केन्द्रीय बैंकले सोमबारका लागि एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ०३ पैसा र बिक्रीदर १२० रुपैयाँ ६३ पैसा कायम गरेको छ । पछिल्ला दिनहरुमा डलरको भाउ उच्च विन्दुमा खरिदबिक्री भइरहेको छ ।
अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको विनिमय दर कमजोर बनेको छ । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर रहेकाले भारु अवमूल्यन हुँदा नेपाली रुपैयाँको सटहीदर पनि कमजोर देखिएको हो ।