असार २९, काठमाडौं । बिहीवार देखि नेपालको मनसुनी वायु सक्रिय रहेको छ ।नेपालको तराई भूभाग नजिक न्यून चापीय रेखा रहेको हुदाँ केही समयसम्म हालको मनसुन सक्रिय रहने क्रम जारी छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्य बदली रही प्रदेश १, २ र बागमती प्रदेश , प्रदेश ५ , कर्णाली प्रदेशका केहि स्थानहरूमा मेघगर्जन चट्याङ सहित वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा गण्डकी प्रदेशको नवलपुरमा १०८ मिलिमिटर वर्षा भएको छ। त्यसैगरी स्याङ्जामा १०७.८ मिलिमिटर वर्षा भएको छ । महाशाखाका अनुसार ५० मिलिमिटर भन्दा बढी वर्षा भएमा भारी वर्षा भएको भनिन्छ।
मौसम पूर्वानुमान महाशाखाले प्रदेश १,२ र बागमती प्रदेशका केहिस्थानहरुमा र कर्णाली प्रदेशमा भारी वर्षा हुने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा पहिरो तथा भूःक्षय र तराईमा डुबानको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार भारी वर्षामा पहिरो र बाढीको बढी जोखिम हुन्छ।